फिफा विश्वकपमा अष्ट्रेलियाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएका छन्।
खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका हुन्।
त्यसअघि अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।
खेलको २२ औँ मिनेटमा मिच डुकेको प्रहार पोष्टको थोरैमाथिबाट बाहिरिदा अष्ट्रेलियाका अग्रता दोब्बर पार्नबाट चुक्न पुग्यो।
15
Shares
प्रतिक्रिया