कतार विश्वकप अन्तर्गत समूह ई को दोस्रो खेल स्पेन र कोस्टारिकाबीच सुरु भएको छ। अल थुमामा रगंशालामा सुरु भएको खेलमा दुवै टोली पहिलो जितको खोजिमा छन्।
यसअघिको विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेन २०१० को इतिहास दोहोर्याउने लक्ष्यमा छ। कोस्टारिका पनि स्पेनसँग अंक खोस्न चाहन्छ।
स्पेनले यसअघिको अभ्यास खेलभन्दा टिममा केही परिवर्तन गरेको छ। फरवार्डमा एसेन्सिओले सुरुमै मौका पाउँदा फेरान टोरेस, ओल्मोले पनि जिम्मा पाएका छन्। मिडफिल्डमा बार्सिलोनाको सेट बुस्केट्स, गाभी र पेड्री परेका छन्। सेन्टर डिफेन्समा रोड्री र लापोर्टेसँगै अल्बा र एज्पी लिक्वेटाले मौका पाएका छन्।
यस्तै कोष्टारिका केलर नाभासको कप्तानीमा मैदान उत्रनेछ। नाभास केही सिजन अघिसम्म स्पेनिस क्लब रियल मड्रिडमा थिए। अहिले उनी पिएसजीमा छन्। कोस्टारिका घरेलु लिगका उत्कृष्ठ टिमसहित स्पेनविरुद्ध मैदान उत्रने छ।
विश्वकपमा छैटौँ पटक स्पर्धा गर्न लागेको कोस्टारिकालाई यो पटक अन्डर डग टोलीको रुपमा हेरिएको छ।
सन् २०१४ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा पहिलो चरणबाटै बाहिरिएको थियो। घरेलु लिग पीएफडीका खेलाडीले भरिएको कोस्टारिकामा अनुभवी खेलाडीको समिश्रण छ। गोलरक्षक केलर नाभास कोस्टारिकाका भरपर्दा खेलाडी हुन्।
आजै भएको यही समुहको पहिलो खेलमा एशियन पावर हाउस जापानले चार पटकको विश्व विजेता जर्मनीलाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।
Shares
प्रतिक्रिया