कतार विश्वकपमा इरान विरुद्ध वेल्स अन्तिम समयमा १० खेलाडीमा सिमित भएको छ। खेलको ८६ औं मिनेटमा गोल रक्षकलाई रेडकार्ड देखाइएको हो।
वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडे। याे विश्वकपमा रातो कार्ड खाने उनी पहिलो खेलाडी हुन्। हेनेसले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछी रेफ्रिले भिएआरको सहायतामा रातो कार्ड देखाएका हुन्।
खेल गाेलरहित बराबरीमा चलिरहेकाे छ।
प्रतिक्रिया