फरवार्ड नेयमार र डिफेन्डर डानिलोले फिफा विश्वकपको समूह चरणका बाँकी खेल गुमाउने भएका छन्।
बिहीबार भएको समूह चरणको पहिलो खेलमा चोट बोकेपछि बाँकी खेल गुमाउने भएका हुन्। सर्वियामाथि २–० को जित निकाल्ने क्रममा नेयमारले दाँया खुट्टामा चोट बोक्दै मैदान छाडेका थिए।
टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका हुन्।
सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको खराब ट्याकलका कारण एंकलमा चोट बोकेपछि नेयमारले ८० औँ मिनेटमा मैदान छाडेका थिए।
ब्राजिलकै अर्का खेलाडी ड्यानिलोले पनि खुट्टाकै चोटका कारण खेल गुमाउने छन्।
समूह चरणको दोस्रो खेलमा ब्राजिलले सोमबार स्वीट्जरल्यान्डसँग तथा शुक्रबार क्यामरुनसँग खेल्नछ।
393
Shares
प्रतिक्रिया