अमेरिकाविरुद्ध बराबरी खेलेपछि इंग्लिस टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटको चर्को आलोचना भएको छ। म्यान्चेस्टर सिटीका खेलाडी फिल फोडेनलाई मैदानमा नउतारेर साउथगेटले घातक गल्ती गरेको खेल विश्लेषकहरुको भनाइ छ।
तर, साउथगेटले अझै टोली दोस्रो चरणमा पुग्न बलियो अवस्थामा रहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन्।
इंग्ल्यान्ड समूहको शीर्षमा छ। समूह चरणको अन्तिम खेलमा मंगलबार वेल्ससँग ४–० गोल अन्तरले नहार्ने हो भने सो टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।
विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ अन्तरले पराजित गरेको थियो। तर, गएरातिको खेलमा इंग्ल्यान्डको त्यो लय देखिएन।
दोस्रो हाफमा इंग्ल्यान्डले अमेरिकाको गोलपोस्टमा लामो समयसम्म आक्रमण गर्न सकेन। प्रशिक्षकले इरानलाई हराउने टोली नै मैदानमा उतारेका थिए। पछि उनले ज्याक ग्रिलिस र मार्कस रासफोर्डलाई ल्याएका थिए।
फोडेन मैदानमा नहुँदा टोलीमा रचनात्मकताको अभाव देखिएको विश्लेषकहरुको भनाइ छ। फोडेन इरानसँगको खेलमा पनि अन्तिम २० मिनेटका लागि मात्र मैदानमा उत्रिएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया