पिट्रो जेलिस्कीको गोलमा विश्वकपमा साउदी अरेबियाविरुद्ध पोल्याण्डले अग्रता बनाएको छ। एजुकेशन सिटी स्टेडियममा खेलको ३९ औँ मिनेटमा जेलिस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।
पोल्याण्डका फरवर्डको प्रहार साउदीका गोलरक्षकले बचाए। त्यसकै रिवाउण्डमा आएको बललाई कप्तान रोबर्टो लेवान्डोस्कीको पासमा जेलिस्कीले सुन्दर गोल गरे। त्यसको ५ मिनेटमै साउदीले पेनाल्टी पाएको थियो।
तर साउदीका लागि सलेम अल्दवसारीले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा साउदीले बराबरीको मौका गुमाएको छ। सलेमको पेनाल्टी प्रहार पोल्याण्डका गोलरक्षकले बचाए। त्यसकै रिबाउण्डमा मोहम्मद अल बुराइकको प्रहार पोष्टको माथिबाट आकासियो।
खेलको ४४ औँ मिनेटमा लेवान्डोस्कीले खराब ट्याकल गरेपछि रेफ्रिले भिएआरको सहायतमा साउदीलाई पेनाल्टी दिएका थिए।
साउदीले पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। पोल्याण्डले भने पहिलो खेलमा मेक्सीकोसँग गोलरहित बराबरी खेलेको थियो।
Shares
प्रतिक्रिया