ad ad

खेल


एमबाप्पेको दोहोरो गोलमा फ्रान्स बन्यो समूहचरण पार गर्ने पहिलो टोली

एमबाप्पेको दोहोरो गोलमा फ्रान्स बन्यो समूहचरण पार गर्ने पहिलो टोली

नेपालखबर
मंसिर १०, २०७९ शनिबार २३:४२, काठमाडौँ

साविक विजेता फ्रान्स एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार राति डेनमार्कलाई २–१ ले पराजित गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको हो। 

फ्रान्सको जितमा दुवै गोल केलियन एमबाप्पेले गरे। ६१ औं मिनेटमा पहिलो गोल गरेका उनले ८६ औं मिनेटमा दोस्रो गोल गर्दै महत्वपुर्ण जित दिलाए।

त्यसअघि ६८ औं मिनेटमा डेनमार्कका आन्द्रेस क्रिस्टिनसनले बराबरी गोल फर्काएका थिए। समूह डी मा रहेको फ्रान्स लगातार दोस्रो जित निकाल्दै नकआउटमा प्रवेश गरेको हो। यसअघि पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गरेको थियो। 

यसअघि लगातार तीन विश्वकपमा साविक विजेता समूह चरणबाटै बाहिरिए पनि फ्रान्सले त्यसलाई तोडेको हो। अहिलेसम्म समूहमा लगातार दुई खेलमै जित्ने फ्रान्स एक्लो टोली हो।

समूह ए, बी र डी का टोलीको दोस्रो चरणका खेल सकिएका छन्। शनिबार राति सी को टोली अर्जेन्टिना र मेक्सिको भिडेसँगै चार समूहका दोस्रो चरणका खेल सकिने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .