मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको छ। मेक्सीकोविरद्ध उत्कृष्ठ गोल गर्दै मेस्सीले ६४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका हुन्।
करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भएको हो।
जारी विश्वकपमा मेस्सीको यो दोस्रो गोल हो। यसअघि उनले साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोल गरेका थिए। मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका हुन्।
297
Shares
प्रतिक्रिया