फिफा विश्वकपमा कोस्टारिका र जापानले गोलरहित बराबरी खेलेका छन्। अलमद बिन अली स्टेडियममा खेलको पहिलो हाफमा जापान र कोस्टारिकाले गोलरहित बराबरी खेलेका छन्।
खेलको पहिलो हाफमा ५६ प्रतिशत बल पोजेशन बनाएको कोस्टारिकाले पाएको केही अवसर गुमाएको थियो। जापान कोस्टारिकालाई पराजित गर्दै एक खेल अगावै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहान्छन।
कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० ले पराजित भएको थियो। जापानले भने जर्मनीलाई २–१ ले हराएको थियो। स्पेनसँग लज्जास्पद हार ब्यहोरेको कोस्टारिकाले दोस्रो खेलमा सुधार गरेको छ। स्पेनविरुद्ध उ पहिलो हाफमै ३–० ले पछि परेको थियो।
3
Shares
प्रतिक्रिया