ad ad

खेल


क्रोयसियाले फर्कायो गोल, क्यानडासँग बराबरी

क्रोयसियाले फर्कायो गोल, क्यानडासँग बराबरी

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २२:२३, काठमाडौँ

क्रोयसियाले क्यानडाको अग्रता तोडेको छ। खेलको दोस्रो मिनेटमै पछि परेको क्रोयसियाले ३६ औं मिनेटमा बराबरी गरेको हो। क्रोयसियाका लागि एन्द्रेस क्रमारिकले गोल गरेका हुन्।

यसअघि साविक उपविजेता क्रोयसियाविरुद्ध खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाएका थिए।  योचाहिँ जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए। 

आजको खेल जित्नै पर्ने दबाबमा क्यानडा छ। यो खेल हारे उसको विश्वकप सपना टुंगिने छ। 

पहिलो खेलमा क्यानडा बेल्जियमसँग पराजित भएको थियो। क्रोयसिया मोरक्कोसँग बराबरी खेलेको थियो।

मोरक्कोले यसअघिको खेलमा बेल्जियमलाई पराजित गर्दै ४ अंक जोडेको छ। बेल्जियमको ३ अंक र क्रोयसियाको १ अंक छ। यो खेल जिते क्यानडाको खातामा ३ अंक हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .