क्यानडाविरुद्ध क्रोयसियाले ३–१ को अग्रता बनाएको छ। खेलको ७० औं मिनेटमा एन्द्रेस क्रमारिकको दोस्रो गोलमा क्रोयसिया जितउन्मुख भएको हो।
यसअघि खेलको सुरुमै पछि परेको क्रोयसियाले ८ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। दोस्रो मिनेटमा क्यानडाले गोल गरेपछि आक्रमक भएको क्रोयसियाले ३६ र ४४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो।
मार्को लिभाजाले ४४ औं मिनेटमा क्रोयसियालाई अग्रता दिलाएका हुन्। त्यसअघि ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले बराबरी गोल गरेका थिए।
दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाए पनि क्यानडा त्यसलाई जोगाउन असफल भयो।
डेभिसको गोल जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए। आजको खेल जित्नै पर्ने दबाबमा क्यानडा छ। यो खेल हारे उसको विश्वकप सपना टुंगिने छ।
पहिलो खेलमा क्यानडा बेल्जियमसँग पराजित भएको थियो। क्रोयसिया मोरक्कोसँग बराबरी खेलेको थियो। मोरक्कोले यसअघिको खेलमा बेल्जियमलाई पराजित गर्दै ४ अंक जोडेको छ। बेल्जियमको ३ अंक र क्रोयसियाको १ अंक छ। यो खेल जिते क्यानडाको खातामा ३ अंक हुनेछ।
Shares
प्रतिक्रिया