दोस्रो हाफको सुरुमै ३–१ ले पछि परेको क्यामरुनले सर्वियाविरुद्ध बराबरी गोल फर्काएको छ। ३ मिनेटको फरकमा २ गोल गर्दै क्यामरुन खेलमा फर्किएको हो। अहिले खेल ३-३ भएकाे छ।
खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिक चौपो– मोटिंगले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए। ६३ औँ मिनेटमा भिसेन्ट अबुबाकरको गोलमा खेल ३–२ भएकाे थियाे।
त्यसअघि सर्वियाका एलेक्सन्दार मित्रोभिकले दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै सर्वियाको अग्रता बढाएका हुन्। यसअघि पहिलो हाफ २–१ ले टुंगिएको थियो। सर्वियाले दुवै गोल पहिलो हाफको इन्ज्युरी समयमा गरेको हो।
अल जनौव स्टेडियममा खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा सगेज मिलिक्कोविक साविकले गोल गर्दै खेललाई २–१ को अग्रतामा ल्याएका हुन्। त्यसको दुई मिनेटअघि स्टाहिनजा पावलोभिकको गोलमा सर्वियाले क्यामरुनसँग बराबरी गरेको थियो।
त्यसअघि २८ औँ मिनेटमा क्यामरुनका जीन–चाल्र्स क्यास्टेलेटोले अग्रता बनाएका थिए। उनले निकोलस एन्कोलोउको पासमा बललाई जाली चुमाएका हुन्।
Shares
प्रतिक्रिया