ad ad

खेल


अन्तिम चरणका खेलअघि नै बाहिरिए दुई टोली

अन्तिम चरणका खेलअघि नै बाहिरिए दुई टोली

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ६:२४, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत सोमबार राति दोस्रो चरणका खेल सकिएका छन्। मंगलबारदेखि समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन्। 

तेस्रो चरणको खेलपछि विश्वकपको नकआउट चरणमा पुग्ने १३ टोलीको टुंगो लाग्ने छ। यसका लागि २७ वटा टोली प्रतिस्पर्धामा छन्। २ वटा टोली बाहिरिँदा ३ वटा टोलीले दोस्रो चरणमै नकआउटमा स्थान पक्का गरेका छन्। 

समूहका दोस्रो चरणका खेल सकिँदा आयोजक कतार र क्यानडाले एक खेल अगावै अघिल्लो चरणको यात्रा सकाएका छन्। विश्वकप इतिहासमा पहिलो पटक आयोजक टोली समूह चरणबाटै बाहिरिएको हाे।

विश्वकप आयोजक कतारले पहिलो खेलमा हार व्यहोर्दै खराब इतिहास मात्र बनाएन एक खेल अगावै समूह चरणबाट बाहिरिने पहिलो आयोजक पनि बन्यो। खराब कीर्तिमानकै बीचमा कतारले समूह ए को पहिलो खेलमा इक्वेडरसँग २–० ले पराजित भयो।

पहिलो खेलमा पराजित हुँदा कतारले एक गोल पनि गर्न सकेन। सन् १९७० मा मेक्सिको बाहेक हरेक आयोजक टोलीले विश्वकपमा गोल गरेका छन्। जुन इतिहास पनि कतारले राख्न सकेन। 

समूह चरणको दोस्रो खेलमा अफ्रिका नेसन्सको च्याम्पियन सेनेगलसँग ३–१ ले पराजित हुँदै कतार विश्वकपको नकआउट चरणको दौडबाट बाहिरिने पहिलो टोली बनेको हो। 

कतारको खराब नतिजाको बीचमा फरवार्ड मोहम्मद मुन्तारीले भने आफ्नो नाम विश्वकपको इतिहासमा लेखाउन सफल भए। उनले सेनेगलविरुद्ध गोल गर्दै विश्वकपमा कतारबाट गोल गर्ने पहिलो गोलकर्ताको नाम आफने नाममा राख्न सफल भए। 

पहिलो पटक विश्वकप खेलिरहेको कतारका लागि खेलको ७८ औँ मिनेटमा मोहम्मद मुन्तारीले उत्कृष्ट हेडर प्रहार गरेका थिए। 

कतारसँगै दोस्रो चरणको खेल जारी रहँदा अन्तिम १६ को दौडबाट बाहिरिने अर्को अभागी टोली क्यानडा बन्यो। ३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडा इतिहास दोहोराउँदै एक खेल अगावै समूह चरणबाट बाहिरियो। 

समुह एफ मा रहेको क्यानडाले खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा क्रोएसियासँग ४–१ ले पराजित हुँदै घर फर्किने टोली बन्यो। सन् १९८६ मा पहिलो पटक विश्वकपमा सहभागी भएको क्यानडा समूह चरणबाट नै बाहिरिएको थियो। 

त्यति बेला पनि समूह चरणबाट नै बाहिरिएको क्यानडा त्यही नियती भोग्दै यो पटक पनि घर फर्किने पक्का भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .