ad ad

खेल


क्यामरुनका गोल रक्षक अनुशासनको कारबाहीमा

क्यामरुनका गोल रक्षक अनुशासनको कारबाहीमा

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २:९, काठमाडौँ

क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना तत्कालका लागि विश्वकपको टोलीबाट बाहिरिएका छन्। क्यामरुन फुटबल संघले सोमबार एक विज्ञप्ती जारी गर्दै ओनानालाई अनुशासनको कारवाही गर्दै टोली बाहिर राखिएको जनाएको हो। 

क्लबले सोमबार मध्यराति जारी गरेको विज्ञप्तीमा भनिएको छ, टोलीका मुख्य प्रशिक्षक रिगोवर्ट सङ बाहानागको निर्णयको सम्मान गर्छौ। उनलाई अनुशासनको कारवाही गर्दै अस्थायी रुपमा टोली बाहिर राखिएको संघले जनाएको छ। 

समुह चरण अन्तर्गत ब्राजिलसँगको खेलमा उनी उपस्थित हुने नहुने बारेमा अहिले नै निर्णय नगरेको संघले जनाएको छ। 

सर्वियासँगको खेलअघि टोलीको व्यवस्थापकसँग उनको असहमती भएपछि उनी क्यामरुनी टोलीबाट बाहिरिएका थिए। उनी तत्काल घर फर्कने बताएपनि टोलीसँग नै रहेका छन्।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .