ad ad

खेल


पहिलो हाफमा नेदरल्याड्स र सेनेगलको अग्रता, कतार र इक्वेडर समान १–० ले पछि

पहिलो हाफमा नेदरल्याड्स र सेनेगलको अग्रता, कतार र इक्वेडर समान १–० ले पछि

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २१:४६, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत समूह ए को खेलमा नेदरल्याण्ड्स र सेनेगलले अग्रता लिएका छन्। खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्सले कतारविरुद्ध र सेनेगलले इक्वेडरविरुद्ध समान १–० को अग्रता बनाएका हुन्। 

अल बायत स्टेडियममा खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको हो। खेलको २६ औँ मिनेटमा कोडी गाक्पोको गोलमा नेदरल्याण्डस्ले घरेलु टोलीविरुद्ध अग्रता बनाएको छ। गाक्पोेले डेभी क्लासेनको पासमा गोल गरे। आजको खेलमा जित निकाले नेदरल्याण्ड्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ। बराबरीको नतिजाले समूह उपविजेता हुनसक्छ। 

उता खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा इक्वेडर र सेनेगलको पनि पहिलो हाफ सकिएको छ। खेलको ४४ औं मिनेटमा सेनेगलले पेनाल्टी मार्फत अग्रता लिएको हो। सेनेगलका लागि स्माइला सारले गोल गर्दै अग्रता दिलाएका हुन्। खेल बराबरी भए इक्वेडर अगाडि बढ्ने भएकाले सेनेगललाई जित्नैपर्ने दबाब छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .