ad ad

खेल


समूह बिजेता बन्दै नेदरल्याण्ड्स अन्तिम १६ मा

समूह बिजेता बन्दै नेदरल्याण्ड्स अन्तिम १६ मा

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २२:३९, काठमाडौँ

समूह ए को विजेता बन्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति कतारलाई २–० ले पराजित गर्दै नेदरल्याड्सले अन्तिम १६ मा समूह बी को उपविजेतासँग भिड्ने पक्का भएको हो। 

नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरे। खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो। डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलु टोलीमाथि सहज जित हात पार्‍यो। 

यसअघि पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो। इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको थियो। 

९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ। यसअघि नै तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन। १९७४ मा जर्मनीसँग पराजित भएको नेदरल्याण्ड्स लगातार अर्को विश्वकपमा फाइनल पुगे पनि अर्जेन्टिनाले उपाधिविहिन बनायो। 

२०१० मा स्पेनले पहिलो पटक विश्वकप जित्दा नेदरल्याण्ड तेस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो। २०१४ मा सेमिफाइनलसम्म पुगेको टोली २०१८ मा भने छनौट नै हुन सकेन। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्ड्स यसपटक समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। 

नकआउटबाट नेदरल्याण्ड्स चारपटक बाहिरिएको छ। १९३४, १९३८, १९९० र २००६ मा भने अन्तिम १६ बाटै बाहिरिएको थियो। १९९४ मा भने क्वार्टरफाइनलमा पुगेकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .