विश्वकप फुटबलमा समूह सी का चारवटै टोलीका लागि नकआउटको ढोका खुल्ला छ। तर अन्तिम खेलको नतिजाले जुनसुकै दुई टोली बाहिरिने सम्भावना छ। एउटा खेलमा अर्जेन्टिना र पोल्याण्ड भिड्दा सोही समयमा अर्को खेलमा साउदी र मेक्सिको भिड्नेछन्।
४ अंक भएको पोल्याण्डको सबैभन्दा बलियो सम्भावना छ। अर्जेन्टिनासँग बराबरी गरे पनि उ अघिल्लो चरणमा पुग्ने छ। पोल्याण्ड पराजित भए र मेक्सीकोले १–० ले साउदीलाई पराजित गरे र पोल्याण्ड १–० ले अर्जेन्टिनासँग पराजित भए पनि पोल्याण्ड अघिल्लो चरण पुग्ने छ। यो अवस्थामा साउदी र मेक्सिको बाहिरिने छन्।
साउदी भने जितेको अवस्थामा अघिल्लो चरण पक्का छ। साउदीले बराबरी खेलेको अवस्थामा पोल्याण्डले अर्जेन्टिनालाई पराजित गर्नुपर्छ। पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको साउदी दोस्रो खेलमा पोल्याण्डसँग पराजित भएको थियो।
मेक्सिको पहिलो खेलमा पोल्याण्डसँग बराबर भएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनासँग हारेको थियो। १ अंक मात्रै भएको मेक्सिकोको पनि नकआउटको संभावना सकिएको छैन। उसलाई अघिल्लो चरण प्रवेश गर्न अर्को खेलमा पोल्याण्डले अर्जेन्टिनालाई हराउनु पर्छ। यी दुई टोली बराबर खेले र अर्जेन्टिनाले पोल्याण्डलाई १–० ले पराजित गर्यो भने दुवैको विश्वकप यात्रा समाप्त हुन्छ।
त्यही भएर जित्नै पर्ने दबाबमा दुवै टोली हुनेछन्। समूह सी का दुवै खेल राति १२ः४५ बजे हुनेछन्। त्यसअघि ८ः४५ मा समूह डी का खेल हुनेछन्। समू सीका विजेताले डी को उपविजेता र विजेताले डी को उपविजेतासँग नकआउटमा भिड्ने छन्।
समान ५ पटक विश्वकप खेलेका साउदी र मेक्सिको नकआउटबाट माथि जान सकेका छैनन्।
Shares
प्रतिक्रिया