विश्वकप फुटबलमा जर्मनीले कोस्टारिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा सर्जी ग्नाब्रिको गोलमा जर्मनीले अग्रता लिएको हो।
आजको खेल जित्नै पर्ने दबाबमा जर्मनी छ। आजको खेल जिते पनि जर्मनीको अघिल्लो चरणका लागि अर्को खेलको नतिजामा भर पर्नुपर्छ।
अर्को खेलमा स्पेन र जापान खेलिरहेका छन्। उक्त खेल जापानले जितेको अवस्थामा जर्मनीको अघिल्लो चरण मुस्किल छ।
पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो। कोस्टारिका भने पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो। तर दोस्रो खेलमा जापानलाई पराजित गर्दै अघिल्लो चरणको सम्भावना कायम राखेको थियो।
42
Shares
प्रतिक्रिया