फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको समीकरण पूरा भएको छ। केही अनपेक्षित नतिजा आएको यो विश्वकपको समूह चरणको खेल सकिँदा कुनै पनि टोलीले शतप्रतिशत जित हात पार्न सकेनन्। समूह चरणको खेलमा उपाधिको दाबेदार मानिएका अर्जेन्टिना, फ्रान्स, पोर्चुगल र ब्राजिलजस्ता टोली कमजोर आकलन गरिएका टोलीसँग पराजित भए। यहाँ समूह चरणको खेलमा अपराजित रहेका टोलीहरुको चर्चा गरिएको छ–
१. नेदरल्याण्ड्स
समूह ए मा रहेको नेदरल्याण्ड्स अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो। नेदरल्याण्डले समूहमा कतार र सेनेगलमाथि जित हात पार्दा इक्वेडरसँग बराबरीको नतिजा निकालेको थियो।
२. इंग्ल्याण्ड
३. अमेरिका
समूह बीकै अर्को टोली अमेरिका पनि समूह चरणमा अपराजित रह्यो। उसले इंग्ल्याण्ड र वेल्ससँग बराबरी खेल्दा इरानसँग भने जित हात पारेको थियो।
४. मोरक्को
समूह एफको विजेता मोरक्कोले पनि यसपटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन ग¥यो। क्रोएसियासँग बराबरी खेलेको उसले बेल्जियम र क्यानडामाथि जित हात पारेको थियो।
५. क्रोएसिया
समूह एफ कै क्रोएसिया पनि समूह चरणमा अपराजित रहने टोली हो। क्रोएसियाले मोरक्को र बेल्जियमसँग बराबरी खेलेको थियो भने क्यानडामाथि जित हात पारेको थियो।
Shares
प्रतिक्रिया