ad ad

खेल


सेमिफाइनल भिडन्तअघि मोरक्कोलाई साउदी राजकुमारको सन्देश

सेमिफाइनल भिडन्तअघि मोरक्कोलाई साउदी राजकुमारको सन्देश

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:२३, काठमाडौँ

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले मोरक्कोको फ़ुटबल टिमलाई सेमीफाइनलमा पुगेकोमा बधाई दिएका छन्। 

साउदी प्रेस एजेन्सीका अनुसार मंगलवार साउदी राजकुमारले मोरक्कोका राजालाई फोन गरेर क्वार्टर फाइनल खेल जितेकोमा बधाई दिएका हुन्। 

बुधवार मध्यराति  १२.४५ बजे मोरक्को र फ्रान्सबीच कतारको अल-बाइत स्टेडियममा दोस्रो सेमिफाइनल भिडन्त हुँदैछ।

शनिवार मोरक्कोको टिमले क्वार्टर फाइनल भिडन्तमा पोर्चुगललाई १-० ले हराएको थियो। यसका साथै मोरक्को फिफा विश्वकपमा सेमीफाइनलसम्म पुग्ने पहिलो अफ्रिकी देश भएको छ।

'जो तपाईंहरुले हाँसिल गर्नु भएको छ, त्यो अरब देश र यहाँका जनताका लागि गर्वको कुरा हो', उनले फोनमा भने, 'हामी सबैजना टिमको सफलताको कामना गर्छौँ।'

शनिवार मोरक्कोले जितेपछि अरब देश, प्यालेस्टाइन र पाकिस्तानमा भव्य खुसियाली मनाइयो। कयौँ मानिसले यसलाई इस्लामको जित भन्दै उत्सव मनाए। 

बुधवार मध्यराति हुने दोस्रो सेमिफाइनल भिडन्तको विजेताले उपाधिका लागि अर्जेन्टिनासँग फाइनल खेल्नेछ। 

मंगलवार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएशियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ। 

फाइनल भिडन्त आइतवार राति हुनेछ। यदि मोरक्कोले फ्रान्सलाई हराउन सक्यो भने अर्जेन्टिनासँग भिड्नेछ। मोरक्को हारेमा फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .