ad ad

खेल


रोनाल्डोकी बहिनी भन्छिन् : यो अहिलेसम्मकै खराब विश्वकप हो

रोनाल्डोकी बहिनी भन्छिन् : यो अहिलेसम्मकै खराब विश्वकप हो

नेपालखबर
पुस ४, २०७९ सोमबार २२:२८, काठमाडौँ

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोकी बहिनी काटिया एवेइरोले कतारमा सम्पन्न विश्वकप अहिलेसम्मकै खराब भएको बताएकी छन्। एवेइरोले आइतबार राति अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल हेरिन्। 

क्रिस्टियानो रोनाल्डोको अधिकांश समर्थक लियोनल मेस्सी र अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहँदैनथे। तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले उनीहरुले नचाहेजस्तै इतिहास रच्यो। फाइनलमा फ्रान्सलाई ४–२ ले पराजित गरेको थियो। निर्धारित समयमा २–२ भएको खेल अतिरिक्त समयमा ३–३ मा सकिएको थियो। 

खेलको सुरुवातमा र अतिरिक्त समयमा पनि अग्रता लिएको अर्जेन्टिनाले जोगाउन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिनु पर्यो।

‘यो अहिलेसम्मको सबैभन्दा खराब विश्वकप थियो। तर सौभाग्यवस फाइनल भने उत्कृष्ट भयो’, जुन नतिजापछि उनले इन्स्टाग्राममा लेखिन्, ‘कस्तो खेल...बधाइ छ अर्जेन्टिनालाई।’

अवेइरोले फ्रान्सका स्टार केलियन एम्बाप्पेको भने तारिफ गरेकी छन्। उनले पोष्ट गरेको फोटोमा लियोनल मेस्सी पनि छन्। तर मेस्सीको बारेमा भने केही उल्लेख गरेकी छैनन्। 

‘यी बच्चा असाधारण छन्’, उनले एम्बाप्पे बारे भनेकी छन्, ‘अविश्वसनीय उज्ज्वल भविष्यले तिमीलाई पर्खिरहेको छ।’

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले गोल्डेन बुट जितेका थिए। उनले मेस्सीभन्दा १ गोल बढी ८ गोल गरे। ७ गोल गरेका मेस्सी भने अर्जेन्टिनालाई उपाधि दिलाएसँगै उत्कृष्ट खेलाडी बने। 

रोनाल्डोका लागि भने जारी विश्वकप तनावपुर्ण रुपमा बित्यो। प्रशिक्षक र सहकर्मीसँगको खराब सम्बन्धका कारण उनले टोलीमा पर्नै संघर्ष गर्नु पर्यो। केही खेलमा उनलाई प्रशिक्षकले बेन्चमा थन्काए र अन्तिम समयमा मात्रै मौका दिए। 

३७ वर्षीय रोनाल्डोको अन्तिम विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै बाहिरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .