ad ad

सुदूरपश्चिम


प्रधानमन्त्रीको गृहजिल्लामा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसका विद्रोही मल्ललाई समर्थन

प्रधानमन्त्रीको गृहजिल्लामा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसका विद्रोही मल्ललाई समर्थन

कर्णबहादुर मल्ल


गोकुल जोशी
असोज २२, २०७९ शनिबार ८:४८, कञ्चनपुर

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ।

नेपाली कांग्रेस बीपीसँग चुनावी तालमेल गरेको नेकपा एमालेले कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने भएको छ।

प्रधानमन्त्री देउवासँग चुनाव लड्न नेकपा एमालेले सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई सर्वसम्मत सिफारिस गरेको थियो। उनी अब प्रदेश सभामै चुनाव लड्ने भएका छन्। 

संघीय सिट कांग्रेस बीपीलाई जिम्मा लगाएर नेकपा एमालेले प्रदेश सभाका दुई क्षेत्र आफूसँग राखेको छ। प्रदेशको एउटा क्षेत्रमा एमालेले बोहरा र अर्का क्षेत्रमा गजेन्द्र शाहीलाई उम्मदेवार बनाउने छ।

नेकपा एमालेले सुृदूरपश्चिम प्रतिनिधि सभा अन्य १५ निर्वाचन क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाएको छ। अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष डा। भीम रावलले यसपटक टिकट पाएनन्।

उनको क्षेत्रमा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपड बोहरालाई उम्मेदवार बनाउने तयारी छ।

कञ्चनपुर–१ मा तारालामा तामाङ, २ मा नरबहादुर धामी, ३ मा निरुदेवी पाललाई एमालेले चुनावी मैदानमा सार्ने तयारी गरेको एक नेताले बताए। 

कैलाली १ मा तपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा नारदमुनि राना उम्मेदवार बन्ने पक्कापक्की भएको छ।

यस्तै, बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली र अछाम–२ मा यज्ञ बोगटीलाई टिकट दिने अन्तिम तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .