ad ad

सुदूरपश्चिम


देउवा र ओलीको चुनावी दौडाह : सुदूरपश्चिममा आज कहाँ–कहाँ हुँदैछ सभा?

देउवा र ओलीको चुनावी दौडाह : सुदूरपश्चिममा आज कहाँ–कहाँ हुँदैछ सभा?

फाइल तस्बिर।


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ९:१४, काठमाडौँ

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउन केही साता बाँकी रहँदा आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरू गरिसकेका छन्। सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले सुदूरपश्चिम केन्द्रित भएका छन्।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बेलुका नै गृहप्रदेश आएका थिए। उनले बिहीबार गृहजिल्ला डडेल्धुरा सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गरेका थिए।

शुक्रबार देउवाले डडेल्धुराकै दुई आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीका अनुसार देउवाले आज (शुक्रबार) बिहान ११ः३० बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो २ः१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने छन्।

देउवा २० गते सम्म गृहजिल्लामा बस्ने कार्यक्रम रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार बेलुका नै कैलालीको धनगढी पुगेका छन्। उनले भारतले अतिक्रमित गरेको चुच्चे नक्सा समेटिएको दार्चुलाबाट एमालेको चुनावी अभियानको उद्घाटन गर्दैछन्।

ओलीले आजै बैतडी र कञ्चनपुरको आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकरी दिए। 

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर ओली सरकारको नेतृत्वमा नेपालको नक्सा जारी भएको थियो।

त्यही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .