ad ad

सुदूरपश्चिम


लालझाडी गाउँपालिका अध्यक्षका छोरा जंगलमा झुण्डिएको अवस्थामा फेला

लालझाडी गाउँपालिका अध्यक्षका छोरा जंगलमा झुण्डिएको अवस्थामा फेला

सांकेतिक तस्बिर।


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १३:४, काठमाडौँ

कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा सोमबार जंगलमा मृत अवस्थामा फेला परेका छन्।

लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।

उनका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ।

अध्यक्ष राना भने काठमाडौंमा छन्। खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .