ad ad

सुदूरपश्चिम


कञ्चनपुरका उद्योग व्यवसाय सोमबार मध्यान्हसम्म बन्द गरिने

कञ्चनपुरका उद्योग व्यवसाय सोमबार मध्यान्हसम्म बन्द गरिने

नेपालखबर
माघ १, २०७९ आइतबार २१:२५, कञ्चनपुर

कास्कीको पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टका श्रीमती र छोरा परेपछि उद्योग वाणिज्य संघ कञ्चनपुरले सोमबार (भोली) बजार बन्द गर्ने भएको छ।

जहाज दुर्घटनामा व्यवसायी भट्टका श्रीमती सुष्मा र छोरा स्लकको निधनले शोकमग्न उद्योग वाणिज्य संघले उद्योग, व्यवसाय बन्द गर्ने भएको हो। 

उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव खगेश्वर प्रसाद बोहराले सोमबार दिउँसो १२ बजेसम्म सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिने बताए।

काठमाडौँबाट पोखरातर्फ गइरहेको जहाज दुर्घटनाले यस क्षेत्रका उद्योगी व्यवसायी दुखित भएको बताए।

सेती खोँचमा बिलाए कञ्चनपुरका आमा–छोरा, माघी मनाउन जाँदै थिए पोखरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .