ad ad

सुदूरपश्चिम


बाघको आक्रमणबाट मारिएकी महिलाको परिवारलाई किरिया खर्च

बाघको आक्रमणबाट मारिएकी महिलाको परिवारलाई किरिया खर्च

महिला मार्ने बाघ। यसलाई अहिले जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ।


नेपालखबर
बैशाख ११, २०८० सोमबार ६:३१, काठमाडौँ

बाघको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले किरिया खर्चबापतको रु ५० हजार हस्तान्तरण गरेको हो। 

मृतकका श्रीमान् डम्बर चन्दलाई रु ५० हजारको चेक हस्तान्तरण गरिएको एनटीएनसी मझगाउँका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। 

एनटीएनसी मझगाउँका प्रमुख जोशी, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारी, कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादव, बेलौरी नगरपालिका–८ का वडाध्यक्ष बिसराम रानालगायतको उपस्थितिमा पीडित परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको हो। 

सरकारले पीडित परिवारलाई रु १० लाख बराबरको राहत रकम उपलब्ध गराउने छ। सरकारले उपलब्ध गराउने राहत बराबरको रु १० लाख आवश्यक कागजातलगायत प्रक्रिया पूरा गरेपश्चात् प्रदान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए।  

चैत ८ गते बिहान बेलौरी नगरपालिका–८ पचुइँस्थित खप्टिनाला नजिक घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको थियो। अर्को दिन भेटिएको शव परीक्षणपश्चात् पीडित परिवारले दाहसंस्कार गरेका छन्। चन्दका दुई छोरी र एक छोरा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .