ad ad

सुदूरपश्चिम


ग्यारेजबाट घर जान हिँडेका कामदार मृत फेला

ग्यारेजबाट घर जान हिँडेका कामदार मृत फेला

नेपालखबर
असार ३०, २०८१ आइतबार १७:१५, कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगर बसपार्क नजिक एक जना मृत भेटिएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगरका अन्दाजी ३५ वर्षीय जीवन लामा आइतबार दिउँसो बसपार्क नजिक मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले शवको मुचुल्का तयार गर्ने काम भइरहेको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको छेउमा लडेको अवस्थामा भेटिएका लामाको मृत्युको कारण खुलेको छैन। उनी महेन्द्रनगरको विनोद अटो वर्कशवमा काम गर्ने कामदार हुन्। आइतबार बिहान पैसा लिएर वर्कशपबाट घर जान्छु भनेर लामा निस्किएका थिए।

तर उनी घर पुग्न नपाउँदै काम गर्ने वर्कशप नजिकै मृत फेला परेका छन्। घटनास्थल नजिकै उनको झोला पनि फेला परेको छ। प्रहरीका अनुसार मृतक लामा मापसे गरिराख्ने गरेको खुलेको छ।

शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाको बिस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .