ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन अन्योलमा

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन अन्योलमा

गोकुल जोशी
साउन ८, २०८१ मंगलबार १३:३३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभा बैठकमा सरकार सहभागी हुने वा नहुने भन्ने विषयले विशेष अधिवेशन नै अन्योलमा परेको छ।

अधिवेशन आफूसँग छलफल नगरी आह्वान गरिएकाले बैठकमा उपस्थित हुने/नहुने भन्ने विषयमा सरकार अझै निष्कर्षमा नपुगेको हो। 

एक मन्त्रीका अनुसार अहिले विशेष संसद् बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा छलफल चलिरहेको छ।

‘सहभागी हुने/नहुने विषयमा हामी छलफल गरिरहेका छौँ। निष्कर्षमा पुगेका छैनौँ,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘अन्तिमसम्म के हुन्छ। केही थाहा छैन।’

आज (मंगलबार) दिउँसो २ बजेका लागि विशेष अधिवेशन आह्वान गरिएको छ।

सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता नेतृत्वकर्ता नेकपा एकीकृत समाजवादी सहभागी भएको थिएन।

बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेका मुख्यमन्त्री सोडारीलाई रोक्न कांग्रेस एमालेका सांसदले विशेष अधिवेशन माग गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशका एकचौथाइभन्दा बढी सांसदले विपद्का बेला सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै लिखित रूपमा अधिवेशन आह्वान गर्न आग्रह गरेका थिए।

विशेष बैठक बस्नुअघि सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल सहभागी नभएकाले मुख्यमन्त्री बैठकमा सहभागी नहुने सम्भावना बढी छ। 

सोडारी नेतृत्वको अल्पमतको सरकारमा अहिले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका मन्त्री छन्।

सरकारको एक जना पनि प्रतिनिधि विशेष बैठकमा सहभागी नभए बैठक बस्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .