ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा एमालेका ३ मन्त्री पुरानै, राज्यमन्त्रीमा साउदलाई मौका

सुदूरपश्चिममा एमालेका ३ मन्त्री पुरानै, राज्यमन्त्रीमा साउदलाई मौका

नेपालखबर
साउन २१, २०८१ सोमबार १४:२२, काठमाडौँ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सोमबार नै सरकारलाई पूर्णता दिने गरी अघि बढेका छन्।

शाह कांग्रेस संसदीय दलका नेता पनि हुन्। उनले सत्ता साझेदार दल नेकपा एमालेलाई ३ मन्त्री र १ राज्यमन्त्री दिएर सरकारमा सामेल गराउँदै छन्।

एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। एक राज्यमन्त्री पनि उसले पाएको छ।

एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने भएको छ।

उनीहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि सामेल थिए।

यसपालि भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा निर्मला देवी साउदले मौका पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .