ad ad

बागमती


सामाखुसीको पेट्रोलपम्पमा लागेको आगो निभाइयो

सामाखुसीको पेट्रोलपम्पमा लागेको आगो निभाइयो

नेपालखबर
पुस २३, २०७९ शनिबार १०:२२, काठमाडौँ

काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्पमा आगलागी भएको छ। 

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो।

एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो। क्षतिको विवरण भने आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .