ad ad

बागमती


मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

नेपालखबर
चैत १, २०७९ बुधबार १३:५, हेटौँडा

मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

मंगलबार बेलुका ७ बजे बकैया–१२, खोरभञ्ज्याङस्थित भित्र कच्ची सडकखण्डमा ना ८ ख ५३३५ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट ९ सय मिटर तल जंगलको खोल्सामा खस्दा दुर्घटना भएको हो। 

दुर्घटनामा टिपर चालक मकवानपुरगढी–२, अदुवाखर्कका २८ वर्षीय चन्द्र योञ्जननको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार टिपर शिवम् सिमेन्ट फ्याक्ट्रीको चक्ती ढुंगाखानीमा ढुंगा लोड गर्न जाँदै गर्दा दुर्घटनामा परेको हो। टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि प्रहरी टोली खटाइएको डीएसपी कार्कीले बताए।

यसैगरी बुधबार बिहान करिब ६ बजे हेटौंडा–११ थानाभर्‍याङमा ट्रकले ठक्कर दिँदा ४० वर्षीया एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम सडकखण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते महिलालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। मंगोलियन अनुहार भएकोे मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .