बागमती


बागमतीका पूर्वमन्त्री विष्टले गरे आफ्नै तलबबाट शिक्षकको व्यवस्था

बागमतीका पूर्वमन्त्री विष्टले गरे आफ्नै तलबबाट शिक्षकको व्यवस्था

नेपालखबर
जेठ २४, २०८० बुधबार १५:२६, हेटाैँडा

बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु विष्टले आफ्नो तलब भत्ताबाट एक शिक्षिकालाई तलबको व्यवस्था गर्ने भएका छन्।

पूर्वमन्त्री विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानमा रहेको श्री सिलादेवी आधारभूत विद्यालयमा एक जना शिक्षिकालाई प्रत्येक महिना आफ्नो पारिश्रमिकबाट मासिक तलब दिने घोषणा गरेका हुन्।

वैशाख १ गतेबाट यो निर्णय गरेका उनले जेष्ठ १ गते पहिलो महिनाको तलब समेत हस्तान्तरण गरिसकेको उनले बताए।

‘म निर्वाचनको बेला मत माग्न घरदैलो कार्यक्रममा जाँदा त्यो विद्यालयका शिक्षकको संख्या कम भएको जानकारी पाएको थिएँ’ उनले भने, ‘त्यही बेला जितेर सांसद भएँ भने मेरो तलबबाटै एउटा शिक्षक राखिदिन्छु भनेको थिएँ। सोही बाचा पूरा गर्दै आफ्नै खर्चमा शिक्षिकालाई तलब दिने व्यवस्था गरेको हुँ।’

चुनावको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्न आफ्नै तलबबाट भए पनि शिक्षक व्यवस्था गरेर आफ्नो कार्यकालभरि तलब उपलब्ध गराउने निर्णय लिएको उनले नेपालखबरलाई बताए।

उनी गत मंसिरमा भएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .