ad ad

राजनीति


एमाले मेरो घर हो, सदस्यता पनि त्यहीँ छ, ओलीले बोलाए फर्किन तयार छु : वामदेव गौतम (भिडिओ)

एमाले मेरो घर हो, सदस्यता पनि त्यहीँ छ, ओलीले बोलाए फर्किन तयार छु : वामदेव गौतम (भिडिओ)

संसद् बैठकपछि वामदेव गौतम। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २४, २०८० बुधबार १५:४५, काठमाडौँ

राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका छन्।

एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका हुन्। 

बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गरे। 

‘उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने, ‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’ 

उनले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन्। ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उनले भने, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’ 

उनले आफूसँग एमाले नरहेको बताउँदै तर सदस्या भने यथावत रहेको बताए। 

‘पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो। मेरो सदस्यता अझै पनि त्यहीँ छ, अझै पनि त्यसको माया छ’, उनले भने, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।’ 

उनले यो वर्ष पनि सदस्यता नवीकरणका लागि श्रीमतीलाई पठाउने बताए। ‘म आफू त जाने कुरा भएन। ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई (श्रीमती तुलसा थापा) पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले  भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन जान्छु।’

उनले अब आफूलाई एमालेको अध्यक्ष वा महासचिव बन्ने रहर नरहेको पनि बताए। ‘वामदेव गौतम अब एमालेको अध्यक्ष र महासचिव हुनु छैन। म त्यहाँ योगदान गर्न जाने हो। मैले मेरो अनुभव बताउन जाने हो,’ उनले भने, ‘मैले काम गर्ने ठाउँ चाहिन्छ, क्षेत्र चाहिन्छ। बसेर बोलिरहने ठाउँ चाहियो। पण्डित नै भएर पनि म एमालेमा काम गर्न सक्छु। मेरो व्यवस्थापन भएमा म जान तयार छु। ७० वर्षे उमेर हद हटाउनु भयो भने म प्रवेश गर्छु।’ 

उनले एमाले आफ्नो घर नै भएकाले गइरहने आशक्ति रहेको पनि सुनाए। ‘७० वर्षे निलम्बनको यही अवस्था रहेछ अब फर्किन्छु’, उनले  भने, ‘फेरि हटाएछन् भने फेरि निस्किन्छु। तर आफ्नो घर जाने आशक्ति त रहिरहने भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .