बागमती


हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट

हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट

सुनिता विष्ट
असार २, २०८० शनिबार १५:५०, हेटाैंडा

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २ अर्व ६० करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

शनिबार उपमहानगरको १३औं नगरसभामा उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।

बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि उपमहानगरले चालु आर्थिक वर्षको तुलनामा ११ करोड कम बजेट विनियोजन गरेको हो। 

उपमेयर बानियाँका अनुसार अनुमानित बजेटमध्ये खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ।

यसैगरी उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख र अटो भिलेज निर्माण गर्न ८० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर बानियाँले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .