बागमती


गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी बन्द

गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी बन्द

गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक फेरि दुईतर्फी बन्द


सुनिता विष्ट
असार १८, २०८० सोमबार ६:२३, हेटौँडा

नारायणगढ-मुग्लिन सडक खण्डको ३ नम्बर पुलनजिकै आज (सोमबार) बिहान गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ। पहिरोले ट्रक पल्टिएकाले सडक दुईतर्फी नै बन्द भएको छ। 

पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ। 

उक्त स्थानमा पटक–पटक पहिरो खस्ने गरेको छ । पहिरोले हिजो (आइतबार) पनि झण्डै १८ घण्टा बन्द भएको यो सडक साँझ मात्र खुलेको थियो ।

त्यसको केही समयमै फेरि पहिरो खसेर बन्द भएको सडक पहिरो पन्छाएर खुलाइएको थियो।

यसरी नारायणगढ–मुग्लिन सडकमा बारम्बार पहिरो खसेर बन्द हुँदा यात्रुले सास्ती पाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .