बागमती


बारा बस दुर्घटना अपडेट : मृतक ६ भारतीय र १ नेपालीको सनाखत, यी हुन् १७ घाइते

बारा बस दुर्घटना अपडेट : मृतक ६ भारतीय र १ नेपालीको सनाखत, यी हुन् १७ घाइते

उपचाररत घाइते


सुनिता विष्ट
भदौ ७, २०८० बिहिबार ९:१४, हेटौँडा

बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु भएकामध्ये ६ जना भारत राजस्थानका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मीरादेवी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ वर्षीय विजय लाल पण्डित छन्। 

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा बुधबार राति करिब १ बजे दुर्घटना भएको हो। चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो। 

दुर्घटनामा परेकाे बस। तस्बिर : रासस

दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार भारत राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदीको (खुट्टा र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम) हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै, धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ वर्षका घुरन मण्डल (बायाँ घुँडा र कम्मरमा चोट, अवस्था मध्यम), महोत्तरी लोहारपति नगरपालिका-५ बस्ने २६ वर्षीय जसबेन्दर पासवान (ढाड/दाहिने हातमा चोट, अवस्था मध्यम) को हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ। 

यस्तै, भारत राजस्थान बस्ने ५३ वर्षकी मायादेवी (दाहिने कुममा चोट, अवस्था मध्यम), सोही स्थानको ३५ वर्षका अनिलकुमार (टाउकोमा चोट, अवस्था मध्यम), ५० वर्षका तारावती चतुर्वेदी (निधार/कम्मरमा चोट, मध्यम), निजकै नातिनि (वर्षकी क्रितिका चतुर्वेदी (अवस्था सामान्य), ४८ वर्षका श्यामलाल माली (बायाँ खुट्टा/छातिमा चोट, अवस्था मध्यम), वर्ष ४७ का हरवारी माली (टाउको र ढाडमा चोट, अवस्था मध्यम), ७० वर्षीया चौथी देवी (दाहिने खुट्टा/छातिमा चोट, अवस्था मध्यम) को हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए।

यस्तै राजस्थानकै ७२ वर्षीय सुरेशचन्द्र चक्रवती (दाहिने खुट्टा/बायाँ कुममा चोट, अवस्था मध्यम), ६३ वर्षका धरमसिंह (निधार, छाती र बायाँ खुट्टा फ्याक्चर), ६० वर्षकी इन्दु धाकद (निधार र छातिमा चोट मध्यम), १६ वर्षकी गर्विदा चतुर्वेदी (ढाड र छातीमा चोट, अवस्था मध्यम), सोही स्थानका ५४ वर्षीय रामकुमार चतुर्वेदी (बायाँ घुँडा र छातीमा चोट, अवस्था मध्यम) को पनि हेटौंडास्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपािलकाका ३८ वर्षीय बिहारी मुखीया (मुखमा चोट, बायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम) को हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ वर्षीय रामप्रसाद (छाति र पेटमा चोट  अवस्था गम्भीर) लाई चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .