ad ad

बागमती


भीभीआईपीप्रति आभार व्यक्त गर्दै बालेन्द्रले लेखे– सम्पदा संरक्षणमा अर्को फड्को

भीभीआईपीप्रति आभार व्यक्त गर्दै बालेन्द्रले लेखे– सम्पदा संरक्षणमा अर्को फड्को

नेपालखबर
असोज ११, २०८० बिहिबार २१:२१, काठमाडौँ

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्यान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन। राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी विशेष कार्यक्रममा काठमाडौं महानगरका प्रमुख÷उप्रमुखसहित विभिन्न मन्त्रीहरूको समेत उपस्थिति थियो। 

जात्रामा उपस्थिति भीभीआईपीसमेत हिँडेर वसन्तपुर पुगे। भीभीआईपीहरू समेत हिँडेर पुगेपछि त्यसबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। 

महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने निर्णय यसअघि गरेको थियो। सोही निर्णयका आधारमा भीभीआईपीहरूले अनुरोध मानेकोमा महानगरपालिकाका मेयर बालेन्द्र साहले आभार व्यक्त गरेका छन्। 

दिनभर इन्द्रजात्राकै कार्यक्रममा सरिक भएका मेयर बालेन्द्रले यो कदमलाई सम्पदा संरक्षणको अर्को फड्कोको रुपमा लिएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत राष्ट्रपतिसमेतलाई आफूहरूको अनुरोध स्वीकारेर सम्पदा क्षेत्रमा बनाएको नो भेहकल जोनमा सवारी प्रवेश नगराएकोमा उनले आभार व्यक्त गरे।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन,’ मेयर शाहले लेखेका छन्, ‘उहाँहरूले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ।’ 

उनले यसलाई सामान्य जस्तो लागेपनि सम्पदा संरक्षणको फड्को भन्दै अनुरोधको परिवर्तनलाई स्वीकारेकोमा आभार व्यक्त गरेका हुन्। 

‘सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो। हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .