धादिङमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।
धादिङको धुनिवेशी नगरपालिका वडा नं ७ भँगेरीस्थित नवराज उप्रेतीको घरमा आगलागी भएको हो।
उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त आगलागी हुँदा १२ लाख मूल्य बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ।
धुनिवेशी नगरपालिकाको दमकल, नगर प्रहरी र इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहको कमान्डमा गएको १५ जनाको टोली र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागी बाट घर पूर्ण रुपमा नष्ट भएको र घरभित्र रहेको काठको दराज १ थान, काठको खाट २ थान, सोफा सेट १ थान, ग्यास चुलो १ थान, ग्यास सिलिन्डर २ थान, सुन ३ तोला, लत्ता कपडा सबै गरेर १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीको भनाइ छ।
Shares
प्रतिक्रिया