बागमती


पूर्वराजाको परिवार चितवन १६ दिन बस्ने, सार्वजनिक कार्यक्रम नहुने

पूर्वराजाको परिवार चितवन १६ दिन बस्ने, सार्वजनिक कार्यक्रम नहुने

सुनिता विष्ट
माघ २९, २०८० सोमबार १६:५७, हेटाैंडा

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आइतबारदेखि चितवन छन्। परिवारका अन्य सदस्यसहित चितवन आएका पूर्वराजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ।

काठमाडौंको जाडो छल्न चितवन आएको भन्ने जानकारी पाएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। उनका अनुसार पूर्वराजा शाहका परिवार सहित पटिहानीको सोल्टी होटलमा बसेका हुन्।

परिवारसहित शाहको परिवार हिजो साँझ चितवन आइपुगेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनका अनुसार नितान्त पारिवारिक भ्रमणका लागि चितवन आएको पूर्वराजा शाहको कुनै निर्धारित कार्यक्रम तय भएको छैन।

‘हालसम्म कुनै कार्यक्रम भन्ने सुनिएको छैन। पारिवारिक भ्रमणका लागि आउनुभएको भन्ने छ’ उनले नेपालखबरसँग भने, ‘जसले गर्दा सुरक्षा व्यवस्थाको लागि त्यस्तो कुनै निर्देशन माथिबाट आएको पनि छैन। निजी भ्रमणका लागि आउनुभएको भएर होला त्यस्तो कुनै सेडुअल हामीकहाँ प्राप्त भएको छैन।’

यता, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले पनि पूर्वराजा शाहको नितान्त पारिवारिक भ्रमण रहेको जनाएको छ। उनीहरुको सुरक्षाको लागि ‘अलर्ट’ नआएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एसपी भीम किरण बोगटीले जानकारी दिए।

‘हामीलाई त्यस्तो कुनै सुरक्षा व्यवस्थाको लागि निर्देशन आएको छैन। पारिवारिक भ्रमण भनेका कारण जिल्ला प्रहरी कार्यालय चितवनले नै सुरक्षाको सामान्य व्यवस्थापन मिलाएको भन्ने जानकारी प्राप्त भएको छ’, प्रहरी प्रवक्ता बोगटीले भने।’

चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा सयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ। फागुन ७ गते पूर्वरानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारी समेत पूर्वराजा शाहको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .