बागमती


बागमतीका ११९ स्थानीय तहमा भरतपुर सबैभन्दा अगाडि, नौकुण्ड सबैभन्दा पछाडि

कुन पालिकाको अंक कति?
बागमतीका ११९ स्थानीय तहमा भरतपुर सबैभन्दा अगाडि, नौकुण्ड सबैभन्दा पछाडि

सुनिता विष्ट
फागुन १४, २०८० सोमबार १०:१६, मकवानपुर (हेटौंडा)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशन गरेको छ। प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारित कार्य सम्पादन सूचकको मूल्यांकन गरेर अंक प्रदान गरी नतिजा सार्वजनिक गरेको हो।

केन्द्र सरकारबाट आउँदो आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश र पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको थियो। जुन कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये सबैभन्दा बढी चितवनको भरतपुर महानगरपालिकाले ५६.२९ अंक प्राप्त गरेको छ। त्यसो त भरतपुर देशभरका ६ महानगरपालिकामध्ये नैे उत्कृष्ट महानरपालिका पनि हो। 

१३ जिल्ला रहेको बागमती प्रदेशमा चितवनको भरतपुर महानगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा धेरै अंक प्राप्त गरेको हो भने रसुवाको नौकुण्ड गाउँपालिकाले सबैभन्दा कम १३ अंक मात्रै पाएको छ।

काठमाडौँ 
यस्तै काठमाडौँ जिल्लाका शंखरापुर नगरपालिकाले ३७.६२, कागेश्वरी मनहरा नगरपालिकाले २६.७१, गोकर्णेश्वर नगरपालिकाले ३९.०४, बूढानीलकण्ठ नगरपालिका ३४.३१, टोखा नगरपालिकाले ४२.३४, तारकेश्वर नगरपालिकाले ४६.९६, नागार्जुन नगरपालिकाले ३२.९८, काठमाडौँ महानगरपालिकाले ३९.०२, चन्द्रागिरि नगरपालिकाले ४२.०८, कीर्तिपुर नगरपालिकाले २८.२२ र दक्षिणकाली नगरपालिकाले ३८.१५ अंक प्राप्त गरेका छन्।

यो तथ्यांक हेर्दा काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तारकेश्वर नगरपालिकाले सबैभन्दा बढी अंक पाएको छ भने कागेश्वरी मनहरा नगरपालिकाले सबैभन्दा कम। 

भक्तपुर
भक्तपुरको चागुँनारायण नगरपालिकाले ३४.९२ कार्यसम्पादन मूल्यांकन अंक पाएको छ भने भक्तपुर नगरपालिकाले ४३.९८, मध्यपुरठिमी नगरपालिकाले ३३.६० र सूर्यविनायक नगरपालिकाले २८.०३ अंक प्राप्त गरेको छ।

तीनवटा स्थानीय तह रहेको भक्तपुरमा भक्तपुर नगरपालिकाले धेरै अंक पाएको छ भने सूर्यविनायक नगरपालिकाले कम अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक छ।

ललितपुर 
ललितपुरको महालक्ष्मि नगरपालिकाले ३०.१५, ललितपुर महानगरपालिकाले २५.१८, गोदावरी नगरपालिकाले २७.३०, कोञ्जोसोक गाउँपालिकाले ३४.८२, महांकाल गाउँपालिकाले ३८.४४ र बागमती गाउँपालिकाले सबैभन्दा कम २६ अंक प्राप्त गरेको छ। 

काभ्रेपलाञ्चोक
काभ्रे जिल्लाको १४ स्थानीय तहमध्ये पाँचखाल नगरपालिकाले सबैभन्दा बढि ४१.७६ कार्यसम्पादन मूल्यांकन अंक प्राप्त गरेको छ। यस्तै जिल्लाको चौरीदेउराली गाउँपालिकाले ३९.५८, भुम्लु गाउँपालिकाले १९.५०, मण्डनदेउपुर गाउँपालिका २२.२८, बनेपा नगरपालिका ३७.५०, धुलिखेल नगरपालिकाले ३७.५३, तेमाल गाउँपालिका २८.२४, नमोबुद्ध नगरपालिकाले २८, पनौती नगरपालिकाले १८.८२, बेथानचोक गाउँपालिका २५.४४, रोशी गाउँपालिकाले ४८.३९, महाभारत गाउँपालिकाले ३४.२२ र खानीखोला गाउँपालिकाले २६.३४ कार्यसम्पादन मूल्यांकन प्राप्त गरेका छन्। 

रामेछाप
रामेछापको आठ स्थानीय तहमध्ये उमाकुण्ड गाउँपालिकाका सबैभन्दा धेरै ४६.६८ अंक प्राप्त गरेको छ। यस्तै क्रमशः गोकुलगंगा गाउँपालिकाले ४१.९६, लिखु तामाकोशी गाउँपालिकाले १७.३३, रामेछाप नगरपालिकाले ४०.१७, मन्थली नगरपालिकाले ३३.६५, खाँडादेवी गाउँपालिकाले ३०.८७, दोरम्भा गाउँपालिकाले २९.१२, र सुनापति गाउँपालिकाले २३.८९ कार्यसम्पादन मूल्यांकन प्राप्त गरेका छन्। 

सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिकाले सबैभन्दा धेरै ४७.४५ अंक पाएको छ। यस्तै जिल्लाको फिकल गाउँपालिकाले ३९.४८, तीनपाटन गाउँपालिकाले २३.३४, गोलञ्जोर गाउँपालिकाले २२.९६, कमलामाई नगरपालिकाले ३१.७७, सुनकोशी गाउँपालिकाले २७.०९, घ्याङ्लेख गाउँपालिकाले २४.३०, मणिन गाउँपालिकाले ३८.६८ र हरिहरपुरगढी गाउँपालिकाले ३३.९८ अंक प्राप्त गरेको छ । 

मकवानपुर
मकवानपुरको १० स्थानीय तहहरूमध्ये हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा धेरै ३७.११ कार्यसम्पादन मूल्यांकन अंक पाएको छ । यस्तै, इन्द्रसरोवर गाउँपालिकाले २५.५२, थाहानगरपालिकाले ३६.६६, कैलाश गाउँपालिकाले ३२.५२, राक्सिराङ गाउँपालिकाले २४.२४, मनहरी गाउँपालिकाले २९.८४, भीमफेदी गाउँपालिकाले ३१.९१, मकवानपुरगढी गाउँपालिकाले ३१.९७, बकैया गाउँपालिकाले २४.८४ र बागमती गाउँपालिकाले १६.२२ अंक प्राप्त गरेको छ । 

चितवन
जिल्लाको भरतपुर महानगरपालिकाले कार्यसम्पादन मूल्यांकन अंक सबैभन्दा धेरै ५६.२९ अंक पाएको छ। यस्तै, राप्ती नगरपालिकाले ३१.७५, कालिका नगरपालिकाले ३५.६८, इच्छाकामना गाउँपालिकाले ४२.०६, रत्ननगर नगरपालिकाले ४०.०१, खैरहनी नगरपालिकाले ४०.५१ र माडी नगरपालिकाले २६.२० अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक छ। 

दोलखा
दोलखाको स्थानीय तहमध्ये जिरी नगरपालिकाले सबैभन्दा धेरै ४२.८० कार्यसम्पादन मूल्यांकन अंक प्राप्त गरेको छ। यस्तै, बिगु गाउँपालिकाले २५.९९, गौरीशंखर गाउँपालिकाले २८.८१, कालिञ्चोक गाउँपालिकाले २७.७४, बैतेश्वर गाउँपालिकाले ३६.३६, तामाकोशी गाउँपालिकाले ३२.९३, मेलुन गाउँपालिकाले २६.६०, शैलुन गाउँपालिकाले ३३.१७ र भीमेश्वर नगरपालिकाले ३८.९४ कार्यसम्पादन मूल्यांकन अंक प्राप्त गरेको छ।

रसुवा
रसुवाको पाँचवटा स्थानीय तहमध्ये कालिका गाउँपालिकाले सबैभन्दा धेरै २६.९६ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम अंक प्राप्त गर्नेमा नौकुण्ड गाउँपालिका रहेको छ । नौकुण्ड गाउँपालिकाले १३ अंक मात्रै प्राप्त गरेको हो । यस्तै, उत्तरगया गाउँपालिकाले २१.५२, आमाछोदिङमो गाउँपालिकाले २०.८१ र गोसाइँकुण्ड गाउँपालिकाले २१.२३ अंक प्राप्त गरेको तथ्यांक छ ।  

नुवाकोट 
नुवाकोटको १२ स्थानीय तहमध्ये म्यगङ गाउँपालिकाले सबैभन्दा धेरै ४५.३७ कार्यसम्पादन मूल्यांक अंक प्राप्त गरेको छ भने सबैभन्दा कम बेलकोटगढी गाउँपालिकाले १९.६४ अंक प्राप्त गरेको छ। यस्तै, दुप्चेश्वर गाउँपालिकाले २५.८९, तादी गाउँपालिकाले ३४.८२, सूर्यगढी गाउँपालिकाले ३०.०३, बिदुर नगरपालिकाले ४३.२६, किस्पाङ गाउँपालिकाले ३८.८४, तारकेश्वर गाउँपालिकाले ३६.६६, लिखु गाउँपालिकाले ४५.०४, पञ्चकन्या गाउँपालिकाले ४०.०८, शिवपुरी गाउँपालिका ३७.३३ र ककनी गाउँपालिकाले ३९.५३ कार्यसम्पादन मूल्यांकन अंक प्राप्त गरेका हुन्। 

धादिङ
धादिङका १३ वटा पालिकाहरू मध्ये सबैभन्दा बढि नेत्रावती डवजोङ गाउँपालिकाले ४८.७१ अंक पाएको छ। त्यस्तै सिद्धलेक गाउँपालिकाले ४८.६० अंक पाएको छ भने नीलकण्ठ नगरपालिकाले ४४, गंगाजमुना गाउँपालिकाले ३५.९६ अंक पाएको छ।

यसैगरी बेनिघाट रोराङ गाउँपालिकाले ३३.०३, त्रिपुरासुन्दरी गाउँपालिका ३२.८९, खनियाबास गाउँपालिकाले ३२.३९, ज्वालामुखी गाउँपालिकाले २८.२५, थाक्रे गाउँपालिकाले २६.६७, गजुरी गाउँपालिकाले २६.१८, धुनिबेशी नगरपालिकाले २५.८८, गल्छी गाउँपालिका २४.७७ र रुवीभ्याली गाउँपालिका २३.६५ अंक पाएको छ।

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लामा रहेका १३ स्थानीय तहरूमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा धेरै मेलम्ची नगरपालिकाले प्राप्त ५३.८४ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम बाह्रबिसे नगरपालिकाले ३०.२५ अंक पाएको छ। यस्तै, भोटेकोशी गाउँपालिकाले ५३.७६, जुगल गाउँपालिकाले ३७.१२, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ४९.३६, हेलम्बु गाउँपालिकाले ३२.३५ अंक पाएको छ। 

यस्तै इन्द्रावती गाउँपालिकाले ३०.५८, चौतारा साँगाचोकगढी नगरपालिकाले ३८.३२, बलेफी गाउँपालिकाले ३९.७०, त्रिपुरासुन्दरी गाउँपालिकाले ४५.८८, बिसंखुपाखर गाउँपालिकाले ४३.६६ र सुनकोशी गाउँपालिकाले ४८.०१ अंक पाएको छ। 

स्थानीय तहहरूले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा कार्य सम्पादन मूल्यांकन हुने गर्छ।

स्थानीय तहले बजेट १० असारभित्र ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायत पनि मूल्यांकनको आधार हो भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्ने गर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .