ad ad

बागमती


काठमाडौँ उपत्यका: आज पनि छैन मौसम खुल्ने सम्भावना

काठमाडौँ उपत्यका: आज पनि छैन मौसम खुल्ने सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत १६, २०८० शुक्रबार ८:३, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा आज (पनि मौसम बदलीकै अवस्थामा छ। अर्थात् आकाश बादलले ढाकिएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि उपत्यकामा दिनभर नै घाम राम्रोसँग लाग्ने सम्भावना छैन। 

‘दिउँसोतिर हल्का वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘आज र भोलि मौसम खुल्ने सम्भावना देखिएको छैन।’

पर्सि आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना देखिएको उनको भनाइ छ। 

यसैबीच आज बिहान ६:४५ को विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस देखिएको छ।

‘आज उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने अनुमान गरेका छौँ’, मौसमविद् नगरकोटीले भनिन्।  

केही दिनदेखि घाम लाग्न नपाएको तथा पानी परेका कारण अधिकतम तापक्रम केही घटेको छ। जसले दिउँसो तुलनात्मक रूपमा चिसो बढाउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .