ad ad

बागमती


२५.५ मा झर्‍यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

२५.५ मा झर्‍यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

नेपालखबर
असोज १०, २०८१ बिहिबार १९:१, काठमाडौँ

मौसम बदली र वर्षा सुरु भएसँगै देशभर तापक्रम घटेको छ। 

यसै क्रममा काठमाडौँ उपत्यकाको तापक्रम पनि स्वाट्टै घटेको छ। 

मंगलबारदेखि घट्न थालेको उपत्यकाको अधिकतम तापक्रम आज (बिहीबार) २५.५ डिग्री सेल्सियसमा झरेको हो। 

हिजो अर्थात् बुधबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो भने मंगलबार पनि यत्ति नै थियो।

तर यसको अघिल्लो दिन अर्थात् सोमबार भने उपत्यकाको अधिकतम तापक्रम तीन महिनायताकै उच्च ३३.२ डिग्री सेल्सियसमा उक्लिएको थियो। 

मौसम महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियसमा झरेको छ। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम  तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ। न्यूनतम सामान्यतया बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।

हेर्नुहोस् आज कहाँको तापक्रम कति?

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .