ad ad

कोशी


सप्तकोसीमा खसेको बसबाट १७ जनाको उद्धार*

सप्तकोसीमा खसेको बसबाट १७ जनाको उद्धार*

नेपालखबर
असोज १०, २०८१ बिहिबार १९:७, काठमाडौँ

सप्तकोसी नदीमा खसेको बसबाट १७ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बिहीबार साँझ विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको थियो। 

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ। १७ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए।

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन।

*यसअघि दुर्घटनामा सवार यात्रुको संख्या अन्यथा पर्न गएको सच्याइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .