ad ad

बागमती


तेल ट्याङ्करको डिब्बाभित्र ३९२ किलो गाँजा, दुईजना पक्राउ

तेल ट्याङ्करको डिब्बाभित्र ३९२ किलो गाँजा, दुईजना पक्राउ

नेपालखबर
असोज २२, २०८१ मंगलबार १४:५१, मकवानपुर (हेटौंडा)

मकवानपुरमा झण्डै ४ सय किलो लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन्। मंगलबार (आज) बिहान सवा ३ बजेतिरको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ३९२ किलो लागुऔषध गाजा सहित दुईजना पक्राउ परेका हुन्। 

मकवानपुरको थाहानगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा ट्याङकर चालक मनहरी गाउँपालिका–९ ज्यामिरे बस्न २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ बर्षका धन बहादुर मल्ल रहेका छन्। 

ट्याङ्करको पाँचवटा डिब्बाहरू मध्ये ३ नम्बरको डिब्बाभित्र प्लाष्टिकले बेरेर २५ वटा पोका बनाएर लुकाई छिपाई ल्याएको अवस्थामा खानतलासी गर्दा लागु औषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। 

उक्त लागुऔषध गाँजा र ट्याङ्करसहित दुवैजनालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .