ad ad

बागमती


मकवानपुरमा स्ववियु निर्वाचन– सातवटा क्याम्पसमा मतदान जारी

मकवानपुरमा स्ववियु निर्वाचन– सातवटा क्याम्पसमा मतदान जारी

नेपालखबर
चैत ५, २०७९ आइतबार ११:२६, हेटौँडा

मकवानपुरका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान जारी छ। त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान भइरहेको हो। 

मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान भइरहेको हो।

जिल्लाको पालुङ बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसको छ। मतदान अपराह्न ४ बजेसम्म जारी हुनेछ। निर्वाचनलाई लक्ष्य गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्ववियु सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन्।

विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .