बागमती


एमाले धादिङ अधिवेशनः मतदान सुरु, ११२ पदका लागि १८४ उम्मेदवार

एमाले धादिङ अधिवेशनः मतदान सुरु, ११२ पदका लागि १८४ उम्मेदवार

एमाले धादिङ जिल्ला नेतृत्व चयनका लागि मतदान गर्न लामबद्ध मतदाता


सुनिता विष्ट
फागुन ३, २०८० बिहिबार ८:५२, हेटौँडा

नेकपा एमाले धादिङको नवौँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ।

धादिङबेँसीमा केही बेरअघि सुरु मतदान सुरु भएको हो। 

एमाले धादिङ जिल्ला अधिवेशनको मतदान केन्द्र।

बुधबार नै हुने भनिएको मतदान केही त्रुटिका कारण नभ्याइएको जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए।

एमाले धादिङ जिल्ला कार्यसमितका ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ।

पदाधिकारीअन्तर्गत अध्यक्ष पदमा अधिवक्ता भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ।

दुवै उम्मेदवार ओली निकटका हुन्। यस्तै, उपाध्यक्षमा रामकुमार आचार्य र अर्जुन श्रेष्ठ गोर्खाली, सचिवमा राधिका सापकोटा र हरिराम लोहनीको उम्मेदवारी परेको छ।

यसैगरी उपसचिव खुलामा भक्तबहादुर लामिछाने र काजी श्रेष्ठ, उपसचिव महिलामा उर्मिला रेग्मी र खुपीकुमारी तामाङको उम्मेदवारी परेको छ।

पदाधिकारीमा सहमती जुट्न नसकेपनि अहिले सम्म विभिन्न क्षेत्रबाट गरी सदस्यहरुमा ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

अधिवेशनमा ५७८ जना मतदाता छन्। मतदानका लागि १५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .