आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (मंगलबार) को जत्ति नै देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस देखिएको हो।
हिजो पनि यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। तर पछि बिहान ८:४५ बजे अझ घटेर ५.२ डिग्री सेल्सियसमा झरेको थियो।
मौसमविद् अधिकारीका अनुसार आज पनि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। ‘त्यतिबेला ६४५ बजेको भन्दा केही घट्ने सम्भावना हुन्छ।’
मौसमविद्का अनुसार आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजेकै मानिन्छ।
मौसमविद् अधिकारीले आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको जानकारी दिए।
‘अहिले बिहान हल्का हुस्सु लागेको छ, भिजिबिलिटी (पारदर्शिता) ४ किलोमिटर छ’, उनले भने, ‘तर घाम लाग्दै जाँदा हुस्सु पनि हट्दै जान्छ।’
देशभरका लागि : हुस्सु र कुहिरोले ढाक्यो तराई/मधेश, अन्तको मौसम कस्तो छ?
Shares
प्रतिक्रिया