ad ad

कारोबार


डोल्मा इम्प्याक्ट फन्ड २ मा जाइकाले १ करोड डलर लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्ड २ मा जाइकाले १ करोड डलर लगानी गर्ने

नेपालखबर
पुस ५, २०७९ मंगलबार १७:२१, काठमाडौँ

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम)ले प्रवर्द्धन गरेको स्वपुँजी लगानी कोष डोल्मा इम्प्याक्६ फन्ड २ मा १ करोड डलरबराबर लगानी गर्ने भएको छ। 

यससम्बन्धी मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो। डीएफएमका अनुसार यो लगानी नेपालमा निजी क्षेत्रले प्रवर्द्धन गरेको स्वास्थ्य सेवा, सूचना, डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीमा लगानीको लागि प्रयोग गरिनेछ। 

जाइकाले यो लगानी नेदरल्यान्ड्सको उद्यमशीलता विकास बैंक एफएमओ, बेलायत सरकारको विकास बैंक ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), स्विडेन सरकारको विकास वित्तीय संस्था स्विडफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोग युनाइटेड स्टेट्स इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) र विश्व बैंकको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगै सहवित्तीयकरणमा लगानी गरेको डीएफएमले जनाएको छ। 

योसँगै डोल्मा इम्प्याक्ट फन्ड २ को कुल कोष रकम ७ करोड १९ लाख ६० हजार अमेरिकी डलर पुगेको छ। डीएफएमले औद्योगिक विकास, रोजगारी सिर्जना र नवीकरणीय ऊर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .