ad ad

कारोबार


पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई एनएमबी बैंकको नगद सम्मान

पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई एनएमबी बैंकको नगद सम्मान

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:४०, काठमाडौँ

एनएमबी बैंकले एसियाली प्यारालिम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोवर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो। पलेशा गोवर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए। 

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोवर्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरुप नगद हस्तानतरण गरिएको थियोे।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .