ad ad

कारोबार


नरम मौद्रिक नीतिले व्यवसायीको आत्मविश्वास बढ्यो, एडीबी भन्छ- यो वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत

नरम मौद्रिक नीतिले व्यवसायीको आत्मविश्वास बढ्यो, एडीबी भन्छ- यो वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:५१, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।

एडीबीले हाल नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतको रहेकोमा २०२५ को सेप्टेम्बरसम्म ४.९ प्रतिशत पुग्ने उल्लेख गरेको छ। 

समग्रमा साउथ एसियाकै आर्थिक वृद्धिदरमा सुधार आउने उल्लेख गरेको छ। अहिले ६.३ प्रतिशत रहेकोमा अर्को वर्ष ६.५ हुने आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। 

आर्थिक वृद्धिदरमा सुधार हुँदा महँगी केही बढ्ने उल्लेख गरेको छ। अहिले ५.४ प्रतिशतमा मुद्रास्फीति रहेकोमा २०२५ को अप्रिलमा ६ प्रतिशत पुग्ने र सेप्टेम्बरसम्म ५.५ प्रतिशतमा सीमित हुनेछ। नेपालमा खाद्यान्नको मूल्यमा वृद्धि भए पनि पेट्रोलियम पदार्थ र गैरखाद्य वस्तुमा गिरावट आएको छ। 

कृषि उत्पादनमा सुधार, विद्युत् उत्पादनमा वृद्धिले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताएका छन्। 

‘जलविद्युत क्षेत्रमा सार्वजनिक लगानी वृद्धि १७.७ प्रतिशत र निजी क्षेत्रको १६.६ प्रतिशतले बढेको छ’, रिपोर्टमा भनिएको छ, ‘सरकारले मौद्रिक नीतिलाई सहजता बनाउँदा व्यवसायीमा कन्फिडेन्स वृद्धि भएको छ।’

आगामी वर्ष आर्थिक वृद्धिदर बढ्नुमा पुँजीगत खर्चमा वृद्धि हुने, सरकारले मौद्रिक नीतिमा सहजता, आर्थिक क्षेत्रमा सरकारले सुधार गरिरहेकाले १ प्रतिशत बढ्ने अनुमान गरेको छ। 

नेपालको अर्थतन्त्र सुधार हुनुमा पर्यटन क्षेत्र चलायमान हुनुलाई एउटा कारण मानेको छ। २०१९ को तुलनामै पर्यटक नेपाल भित्रिने प्रक्षेपण गरेको छ। २०१९ मा नेपालमा १२ लाख पर्यटक भित्रिएका थिए। २०२३ मा नेपालमा १० लाख पर्यटक भित्रिएकोमा अहिले गत वर्षको तुलनामा बढ्दो छ। 

दोस्रोमा नेपालमा रेमिट्यान्सको आप्रवाह ५ वर्षको तुलनामा बढी रहने उल्लेख गरेको छ। 

भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुँदा दक्षिण एसियामै सकारात्मक प्रभाव पर्ने देखिन्छ। भारतको २०२४ मा ७ प्रतिशत र आर्थिक वर्ष २०२५ मा ७.२ प्रतिशत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .